समाचार
घटनादर्ता/सामाजिक सुरक्षा भत्ता/नागरिकता सिफारिस सम्बन्धि अभिमुखीकरण कार्यक्रम
सेवाग्राहीको सेवामा पर्ने समस्यालाई मध्यनजर गर्दै मिति २०८०/०१/१६ गते शनिबारका दिन माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतकोको पहलमा, प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्र विश्वकर्माको अध्यक्षता, नगर प्रमुख श्री खम्बा सिं लिम्बुको प्रमुख आथित्यता र राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका शाखा अधिकृत श्री मेघराज शंकरद्वारा १० वटै वडाका वडाध्यक्ष/वडासदस्य, वडा सचिव, कार्यालय सहयोगी, नगर पंजीकरण शाखाका कर्मचारीलाई एक दिने व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र नागरिकता सम्बन्धि अभिमुखीकरण कार्यक्रम प्रस्तुत भयो |