समाचार
वार्ड नं ३
माई नगरपालिकाको उत्तरी भेगमा अवस्थित साविक दानाबारी गाविसको वडा नं. ५,६ र ७ मिलेर बनेको माई नगरपालिका वडा नं. ३ , समुन्द्री सतहबाट ८०० मि. उचाईमा रहेको छ | पूर्वमा माई नगरपालिकाकै वडा नं. ४, पश्चिममा वडा नं. १, उत्तरमा वडा नं. ९ र १० र दक्षिणमा वडा नं. २ र ८ संग सिमाना बाँधेको वडा नं.३ को आफ्नै विशेषता रहेको छ | अधिकतम लिम्बू, राई र मगर जातिको बाहुल्यता रहेको यस वडामा क्षेत्री, ब्राह्मण, कामी, दमाई तामाङ्ग, गुरुङ्ग, उराउ, दनुवार, जातजातिको पनि बसोबास रहेको छ | हिन्दु, बौद्भ, किरात र इसाइ धर्म मनाउने यहाँका स्थानीयको मुख्य चाडपर्वहरुमा दशैँ, तिहार, उधौली-उभौली, लोसार आदि पर्दछन् | आफ्नै रिति, संस्कृति, भाषा, भेषभूसा रहेको यस वडाका अधिकांस जनता कृषि पेशामा आबद्ध छन् भने केहि मात्रामा व्यपार, व्यवसाय र सरकारी रोजगारी जस्ता पेशामा समेत आबद्ध देख्न सकिन्छ | कृषि पेशामा आधारित यस वडाको आम्दानीको मुख्य श्रोत कृषिखेति, पशुपालन, व्यपार व्यवसाय र रोजगार हो भने मत्यपालन, मौरीपालन, चिया जस्ता चिजहरुको उत्पादनको प्रबल सम्भावना समेत देख्न सकिन्छ | यसका अलावा खाद्यान्नमा धान, मकै, गहुँ, कोदो र फलफुल जन्यमा केरा कागती आप, सागसब्जी जन्यमा सजिवन, सिवि, वोडि, फर्सि र तेलहन/दलहन जन्यमा तोरी दाल भटमास पशुजन्य उत्पादनमा बाख्रा, सुँगुर, राँगा, गाई-गोरु र वोइलर कुखुरा यहाँका प्रमुख उत्पादन हुन् | ७० % सडक सुबिधा पुगेको यस वडामा ८% पक्कि सडक रहेको छ भने ९० % जनताको घरमा बिजुली, ३०% जनताको घरमा स्वच्छ खानेपानीको सुबिधा पुगेको छ | शिव पाञ्चायतन मन्दिर, सित्तली बौद्ध गुम्वा जस्ता ठाउँ यहाँको धार्मिक पर्यटकीय स्थल हुन् भने झातेचुली, वरपानी सिंहदेवी, चिलिमकोट चिया कमान जस्ता ठाउँहरु आन्तरिक लगायत बाह्य पर्यटनलाई आकर्षण गर्न सक्ने ठाउँहरु हुन् | पालिकामा भएका मध्ये २ वटा सामुदायिक वन रहेको यस वडामा साल, चिलाउने, कर्मा, साज, धमेरो जस्ता रुखहरु पाइन्छ भने हर्रो, बर्रो, अमला, बोझो, मधु जस्ता औषधीजन्य वनस्पतिको सहि उपयोग गर्न सके आम्दानीको राम्रो श्रोत हुनेमा दुइमत रहन सक्दैन |अधिकांस चुरे क्षेत्र रहेको यस वडामा लोदिया, ढाडेखोला, मुसेखोला जस्ता खोला छन् भने वर्खा याममा कहिले काहीं क्षति समेत गर्ने गरेको छ | २,९०४ जना जनसंख्या रहेको यस वडामा १ वटा मावि, २ वटा आवि. गरि जम्मा ३ वटा विद्यालयरहेका छन् | यस वडामा रहेको आधारभूत स्वास्थ्य संस्थामा प्रथामीक उपचार गरिन्छ भने यस भन्दा माथिको उपचार गर्नु परेमा माई नगरमा रहेको माई अस्पताल अथवा छिमेकी जिल्ला झापामा रहेका विभिन्न अस्पतालमा स्थानीय जाने गरेको पाइन्छ |
समावेश गाविस : दानावारी(५-७)
जनसंख्या : २५१०
क्षेत्रफल(वर्ग कि.मी.) : १४.६९
वडाध्यक्ष : देव कुमार तामांग (९८६१७१००९४)
कार्यपालिका सदस्य : शान्ता राई (9804989049)
वडा सदस्य : रन्जना राई (9818654590)
वडा सदस्य : लोक बहादुर कार्की (9817083823)
वडा सदस्य : देउ मान लिम्बु (9825971821)
सचिव : पबिन्द्र शाही : (9869528716)
का.स. : चन्द्रकला खड्का (9844697549)
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



