समाचार
ग्यालरी
श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीको आयोजनामा "स्थानीय तहमा भ्रष्टचार नियन्त्रण एवं सुशासन प्रवर्दन सम्बन्धि गोष्ठी" मिति २०८१ जेष्ठ ११ गते शुक्रबार, माई नपा कार्यालयमा जनप्रतिनिधि, कर्मचारी, विद्यालय प्र.अ. तथा व्यवस्थापन समीति अध्यक्ष,सामुदायिक वनका पदाधिकारी, सुरक्षा निकाय प्रमुख, विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा संचालन भयो |
सिप विकास केन्द्र भद्रपुर र माई नगरपालिकाको संयुक्त आयोजनामा संचालित ३ महिने कम्प्युटर तालिमको समापन तस्विर :
एकल महिला लक्षित कार्यक्रम संचालनका लागि -
कार्ययोजना निर्माण गोष्ठीका झलकहरु ,
मिति : २०८० मङ्सिर ८ गते शुक्रबार
महिला लक्षित कार्यक्रम संचालनका लागि कार्ययोजना निर्माण गोष्ठीका झलकहरु - २०८०/०७/२०
माई नगरपालिका शुक्रबारे पशु चौपाय शनिबार साप्ताहिक हाट बजार उद्घाटन समारोहको झलकहरु - २०८०/७/१८
मिति २०८० वैशाख १८ गते यस माई नगरपालिका सितलिमा अवस्थित रेडक्रस भवनमा, माई नगरपालिकाको आयोजनामा "माई नगरपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहसंग सामुदायिक वन विकास कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम" भव्यताका साथ सम्पन्न भयो |
सेवाग्राहीको सेवामा पर्ने समस्यालाई मध्यनजर गर्दै मिति २०८०/०१/१६ गते शनिबारका दिन माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतकोको पहलमा, प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्र विश्वकर्माको अध्यक्षता, नगर प्रमुख श्री खम्बा सिं लिम्बुको प्रमुख आथित्यता र राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका शाखा अधिकृत श्री मेघराज शंकरद्वारा १० वटै वडाका वडाध्यक्ष/वडासदस्य, वडा सचिव, कार्यालय सहयोगी, नगर पंजीकरण शाखाका कर्मचारीलाई एक दिने व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता र नागरिकता सम्बन्धि अभिमुखीकरण कार्यक्रम प्रस्तुत भयो |
आज मिति २०७९/०५/२३ गते ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा माई नगरपालिका शिक्षा शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा नपाका विभिन्न विद्यालयबाट उपस्थित विधार्थी भाईबहिनीको सहभागितामा वक्तृत्वकला प्रतियोगता, केहि नृत्य, गीत प्रस्तुति, उत्कृष्ट विद्यार्थी सम्मान र शिक्षण क्षेत्रमा अमुल्य योगदान पुर्याउने शिक्षकलाई सम्मान व्यक्त गर्दै सम्पन्न भयो |आज मिति २०७९/०५/२३ गते ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा माई नगरपालिका शिक्षा शाखाको आयोजनामा संचालन भएको कार्यक्रममा नपाका विभिन्न विद्यालयबाट उपस्थित विधार्थी भाईबहिनीको सहभागितामा वक्तृत्वकला प्रतियोगता, केहि नृत्य, गीत प्रस्तुति
आज मिति २०७९/०३/१२ गते यस माई नगरपालिकाको सभाहलमा नगरसभाद्वारा बजेट तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन पारित गर्दै नगर प्रमुख सिं लिम्बु द्वारा सभा अन्त्य भएको घोषणा |
आज मिति २०७९/०३/१० गते यस माई नगरपालिकाको सभाहलमा नगर प्रमुख खम्बा सिं लिम्बु द्वारा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत र पारित साथै उप प्रमुख हिमा भण्डारी द्वारा रु.५८ करोड ३१ लाख ९३ हजार ६० को बजेट प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम, आर्थिक ऐन, विनियोजन ऐन समेत प्रस्तुत गर्दै मिति २०७९ असार १२ गते पुन : सभा बस्ने गरि आजको सभा नगर प्रमुख द्वारा स्थगन |
वडा नं. ४ मा अवस्थित आकर्षणका केहि क्षेत्रहरु
गुनमुने खेलमैदानमा भएको जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपूर्ण फुटबल खेल , माई नगरपालिका इलाम ||