FAQs Complain Problems

माई नगरपालिकाको छोटो परिचय

माई नगरपालिका प्रोफाइल
स्थान: कोशी प्रदेश, इलाम जिल्ला
स्थापना: दानाबारी, चिसापानी, महमाई गा.वि.स. र लक्षिम्पुर वडा नं. ५ मिलाएर गठन
क्षेत्रफल: २४६.०९ वर्ग कि.मि.
जनसंख्या: ३०,७३२ (जिल्लाको दोस्रो ठूलो नगरपालिका क्षेत्रफल अनुसार, तर जनसंख्या सबैभन्दा कम)
वडा संख्या: १०
प्रशासनिक केन्द्र: शितली बजार (वडा नं. २)

भौगोलिक स्थिति:
अक्षांश: २६°४५’ उत्तर
देशान्तर: ८७°५२’ पूर्व

अर्थतन्त्र
प्रमुख उत्पादन: धान, केरा, सुपारी, मासुजन्य वस्तु
विशेषता: चिया खेती उल्लेख्य मात्रामा
व्यापार: स्थानीय उत्पादन झापाको शनिश्चरे, बिर्तामोडमा बिक्री
अन्य पेशा: वैदेशिक रोजगार, सरकारी/निजी सेवा, व्यापार व्यवसाय

प्राकृतिक सम्पदा
वनस्पति: सखुवा, सिमल, करम, लामपाते, साज, चिलाउने
औषधिजन्य: चिराइतो, हर्रो, बर्रो, तुलसी, अमला, तितेपाती
सामुदायिक वन: ६०
प्रमुख स्थल: १३ कुने सिमसार, सितली/शोक्तिम चिया बगान, शिव पोखरी, झन्डीडाँडा शिवालय, गिट्टी डाँडा

सामाजिक-सांस्कृतिक विविधता
जातीयता: लिम्बु, तामाङ, राई, मगर, नेवार, कुमाल, ब्राह्मण, क्षेत्री, दलित
धर्म: किरात, हिन्दु, बौद्ध, इसाई
पर्व: दशैं–तिहार, ल्होसार, उधौली–उभौली, धान नाच, चण्डी नाच, बौद्ध जयन्ती, इद
विशेषता: विविधतामा एकता

स्वास्थ्य तथा शिक्षा
स्वास्थ्य: १० वटै वडामा स्वास्थ्य चौकी, शितली बजारमा १५ सैय्याको अस्पताल
शिक्षा: ४४ सामुदायिक विद्यालय, १४ निजी विद्यालय

पूर्वाधार
प्रमुख सडक: खुदुनाबारी–सुखानी–राजदुवाली सडक, मुसेखोला कालोपत्रे सडक, महमाई–मांसेबुंग कालोपत्रे सडक
पुल: माई पुल, लोदिया पुल, सुखानी पुल

वडा पदाधिकारी

//