FAQs Complain Problems

समाचार

चिलीङकोट चिया बगान, माई नगरपालिका

Read More

माई नगरपालिका कार्यालय

Read More

माई नपा, व्यवसायिक केरा खेति

Read More

घटनादर्ता/सामाजिक सुरक्षा भत्ता/नागरिकता सिफारिस सम्बन्धि अभिमुखीकरण कार्यक्रम

Read More

माई नगरपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समुहसंग सामुदायिक वन विकास कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम

Read More

माई नगरपालिकाको छोटो परिचय

गाउँपालिका तथा नगरपालिकाको संख्या तथा सिमाना निर्धारण गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको विवरण आनुसार , दानाबारी , चिसापानी , महमाई गा. वि . स र लक्षिम्पुर वडा नं – ५ मिलाएर बनेको माई नगरपालिका प्रदेश नं १ को ईलाम जिल्ला अन्तर्गत पर्दछ । २६४.०९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको माई नगरपालिकामा हाल १० वटा वडा रहेका छन् । भौगोलिक हिसाबले माई नगरपालिका २६ डिग्री ४५ मिनेट उत्तरी अक्षांस र ८७ डिग्री ५२ मिनेट पुर्बी देशान्तरमा अवस्थित छ । ३२५७६ जनसंख्या रहेको माई नगरपालिका क्षेत्रफलको आधारमा ईलाम जिल्लाको दोश्रो ठुलो स्थानीय तह/नगरपालिका हो भने जनसंख्याको हिसाबले सबै भन्दा कम जनसंख्या भएको नगरपालिका हो ।

यो नगरपालिका पूर्वमा सुर्योदय नगरपालिका र रोंग गाउँपालिका , पश्चिममा मांसेबुंग र चुलाचुली गाउँपालिका , उत्तरमा ईलाम र देउमाई नगरपालिका तथा दक्षिणमा झापा जिल्लाका अर्जुनधारा , कन्काई र शिवसताक्षी नगरपालिकाको बीचमा चुरे क्षेत्रमा अवस्थित रहेको छ र हाल माई नगरपालिका वडा नं -२ शितलीलाई नगरपालिकाको केन्द्रको रुपमा तोकिएको छ । बहुजातीय , बहुधार्मिक , बहुसांस्कृतिक , बहुभाषिक जनताहरुको बसोबास रहेको भएतापनि विविधतामा एकता यस नगरपालिकाको गहनाको रुपमा रहेको छ । धान , केरा र मासु उत्पादनको लागि ईलाम जिल्लाको पकेट क्षेत्रको रुपमा पहिचान बनाएको यस नगरपालिकामा चिया खेति पनि उल्लेख्य रुपमा रहेको छ । जिल्लामा सबै भन्दा बढी सामुदायिक बन रहेको माई नगरपालिका प्रबल पर्यटकीय सम्भावना रहेको क्षेत्र पनि हो ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
नगर उप प्रमुख

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा अधिकृत
अधिकृतस्तर सातौँ
अधिकृतस्तर सातौँ

जानकारी

सेवाहरु

सेवा प्रकारः- अपाङ्गता परिचय पत्र
सेवा समयः- एक दिन (उपलब्ध कागजात तथा डाक्टरको रिपोर्ट अनुसार फरक पर्न सक्ने )
जिम्मेवार अधिकारीः- महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरुः-

क. नेपाली नागरिकताको प्रतिलिपि

(नाबालिगको हकमा जन्म दर्ताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि )

ख. पासपोर्ट साइजको फोटो ४ प्रति 

ग . वडा कार्यालयको सिफारिस 

घ. उपलब्ध ढाँचाको निवेदन 

ङ. डाक्टरको सिफारिस

च. अपांगता समन्वय समितिको निर्णय

( परिचयपत्र स्तर उन्नति गर्नु परेमा उल्लेखित सम्पूर्ण कागजात समबन्धित शाखामा पेश गरे पश्चात अपांगता समन्वय समितिको निर्णयअनुसार प्रक्रिया अघि बढ्ने)

सेवा प्रकारः- जेष्ठनागरिक परिचयपत्र
सेवा समयः- ३० मिनेट
जिम्मेवार अधिकारीः- महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारी
सेवा दिने कार्यालयः- नगर कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. नेपाली नागरिकताको प्रतिलिपि 

२ दुइ वटा प्रष्ट बुझिने पासपोर्ट साइजको फोटो 

३. बसाईं सरि आएको भए बसाईसराइ प्रमाणपत्रको प्रतिलिपि 

४. उपलब्ध ढाँचाको निवेदन  

सेवा प्रकारः- उपभोक्ता समितिको खाता खोल्ने सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- योजना शाखा र कार्यालय प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- नपाको सानिमा बैंक स्थित माई नपाको संचित कोष खाता नं. 0520000000601 मा जम्मा गरिएको रु. ५०० को भौचर
आवश्यक कागजातहरुः-

१. खाता खोल्ने निवेदन (निवेदनको ढांचा वेबसाइट तथा नपामा उपलब्ध )

२. उपभोक्ता समितिद्वारा खाता खोल्ने निर्णय माइनुट फोटोकपी

३. उपभोक्ता समिति दर्ता हुन चाहिने विधान जसमा उ.स.को छाप लागेको र सबै उ.स. सदस्यको हस्ताक्षर तल र माथि गरि दुइ ठाउँमा भएको हुनु पर्ने 

४. खाता खोल्न निर्णय गरिएका व्यक्तिको नागरिकताको फोटोकपि (बुझिने गरि ) 

सेवा प्रकारः- मृत्यु दर्ता (Death Registration)
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन कटेमा रु. ५०
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकताको प्रमाणपत्र
२. सुचकको नागरिकता प्रमाणपत्र

सेवा प्रकारः- विवाह दर्ता (Marriage Registration)
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन कटेमा रु. ५०
आवश्यक कागजातहरुः-

१. पति पत्नीको सक्कल नागरिकता प्रमाण पत्र
२. पति पत्नीको पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- बसाइसराइ (Migration)
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकाधिकारी (सम्बन्धित फाँटवाला कर्मचारी)
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क , ३५ दिन कटेमा रु. ५०
आवश्यक कागजातहरुः-

१. परिवारको मुख्य सदस्य सूचक भइ निवेदन पत्र (३५ दिन भित्र)
२. बसाइ सरि जाने-आउनेको नागरिकता प्रमाण पत्र / जन्म दर्ता प्रमाण पत्र
३. बसाइ सरि आउनेको हकमा बसाइसराइ आएको प्रमाणपत्रको प्रतिलिपि

महत्वपुर्ण लिंकहरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय 

गृह मन्त्रालय 

संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नया वेबसाइट)

अर्थ मन्त्रालय 

सूचना तथा संचार प्रविधि मन्त्रालय 

केन्द्रीय पंजीकरण विभाग 

केन्द्रीय तथ्याङ्क विभाग

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम 

महालेखा नियन्त्रक कार्यालय 

जिल्ला शिक्षा कार्यालय इलाम

जिल्ला समन्वय समितिको कार्यालय इलाम

स्थानीय निकाय वित्तीय आयोग 

लोक सेवा आयोग 

शिक्षक सेवा आयोग 

राष्ट्रिय योजना आयोग 

Nepal In Data

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

कोशी प्रदेश 

नेपाल कानुन आयोग